सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । मनाङ जिल्लाको स्थानीय सरकारहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् । यही असार १ गते आएको बाढीपहिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्षति पुगेको छ । तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडक र पुल मर्मतका लागि यहाँका स्थानीय सरकार असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । असार १ गते परेको अबिरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बाढीपहिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उनले आग्रह गरे । बाढीपहिरोले यहाँ सडक र पुल बगाएपछि खाद्य सङ्कट उत्पन्न हुन लागेको उनको भनाइ छ । बाढीपहिरोका कारण मनाङमा पहिलोपटक यति धेरै भौतिक संरचनामा क्षति पु¥याएको हो । चामेमा बाढीपहिरोले ३० किलोमिटर सडकमा क्षति पु¥याएको छ भने आठ झोलुङ्गे र दुई पक्की पुल तथा पाँच लघु जलविद्युत् आयोजना बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । बाढीपहिरोबाट यहाँका २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।