तेस्रो वरीयतासहित नेकपा एस प्रवेश गर्दै वामदेव गौतम 

शुक्रबार, पुस १२, २०८१

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेलाबखत संवादमा रहेका उनी पछिल्लो पटक भने नेकपा एसमा जाने अन्तिम तयारीमा छन् ।
‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका गौतमले नेकपा एसको वरिष्ठ नेता स्वीकार गरेका छन् । उनी नेकपा एसमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे चौथो वरफयतामा हुनेछन् ।
नेकपा एकता राष्ट्रिय अभियानु गठन गरेका उनी नेकपा एससँग औपचारिक र अनौपचारिक वार्तापछि गौतम वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका हुन् । गौतमलाई २०७७ असोजमा तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । 
नेकपा एसको महाधिवेशनले पारित गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ मानेर अघि जान पनि गौतम सहमत भएका छन् । गत असारमा भएको नेकपा एसको महाधिवेशनले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यदिशा पारित गरेको थियो । गौतम भित्रिएपछि एसमा एमालेमा महत्वपूर्ण जिम्मेवारीमा रहेका खनाल, माधवकुमार नेपालसहितका नेताहरु रहने छन् । २०७८ भदौ १८ गते गौतमले एमाले छाडेपछि नेपालका कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने अभियान गठन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार