कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

आइतबार, पुस ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् । उनलाई पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उपसभापति समेत हरेका केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनलाई सो पदमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार