सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरेको छ । गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको परम्परागत सुभाघाट मेलाबाट फर्कने क्रममा भेरी नदीको पुलबाट बुढा खसेकी थिइन् । बुधबार बेलुकी साडे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टोलीले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए ।
हाल मेहलकुनास्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए । सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ । सशस्त्र प्रहरी बल नागरिकको सुरक्षालाई ध्यान दिँदै चिसो भएपनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको छ ।