संघीय संसदका ४ वटा समितिको बैठक बस्दै

बुधबार, पुस ३, २०८१

काठमाडौं । संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेवाट सुरू हुनेछ । संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । जसका लागि बिहान ९ः०० बजे बैठक आह्वान गरिएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः ३० बजेवाट सुरू हुने सचिवालयले जनाएको छ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने बिभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक ११ः०० बजेवाट सुरू हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार