पार्टी प्रवेशमा माओवादीको दुई नीति : वामपन्थीलाई एक, गैरवामपन्थीलाई अर्कै

मंगलबार, पुस २, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूमाथि दुई खाले नीति अवलम्बन गर्ने भएको छ । गत मंसिर २८ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय समावेश छ । जहाँ पार्टी प्रवेश गर्ने नेता/कार्यकर्ता वामपन्थी भए एकखाले नीति र गैरवामपन्थी भए अर्कैखाले नीति अवलम्बन गर्ने उल्लेख छ । ‘वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने माओवादीको नीति छ,’ सर्कुलरमा अगाडि भनिएको छ, ‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यतालाई ध्यानमा राखि समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने ।’ पछिल्लो पटक माओवादीले विभिन्न वाम घटकसँग पार्टी एकताको पहल भइरहेको बताएको छ । गत २२ मंसिरमा अध्यक्ष प्रचण्डले नै एक सार्वजनिक कार्यक्रममा तीन वामपन्थी पार्टीसँग एकता पहल भइरहेको बताएका थिए । नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता पहल गरिरहेको छ । यद्यपि, एकीकृत समाजवादीको पछिल्लो बैठकले भने अहिले कुनै दलसँग एकताको पक्षमा नरहको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार