सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आयोजित समारोहमा उनले संसद सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउन सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्ने बताएका हुन् । उनले भने,‘संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसदलाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ । अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ । संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।’ उनले सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुने भन्दै संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता रहेको बताए । यस्तै,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न ढिलाइ गर्न नहुने बताए । उनले भने,‘यसका लागि विद्यमान कानूनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ । संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।”