माओवादी स्थायी समिति बैठक स्थगन 

बिहीबार, मंसिर २७, २०८१

काठमाडौं । बिहीबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ ।  यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार