शहरी जनमतसँग अझै बढी जोडिने एमालेको निष्कर्ष

बुधबार, मंसिर २६, २०८१

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनको समीक्षा गर्दै समग्रमा पहिलेको भन्दा उपलब्धि हासिल भएको दाबी गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोलाई सन्तोषजनक मानेको बताए । तर काठमाडौं–१६ र कीर्तिपुरको नतिजालाई हेर्दा शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको उनले बताए । उनका अनुसार शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।

Photo-(1)-(1)-1733885140.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार