जनमतलाई सभामुखले भने- सापकोटालाई पदबाट नहटाउने निर्णयमा विभेद भएको छैन

मंगलबार, मंसिर १८, २०८१

 काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ सापकोटामाथि कुनै पनि विभेद नभएको स्पष्ट पारेका छन् । जनमतले सांसदबाट हटाउन भन्दै सभामुख घिमिरेलाई चारपटकसम्म पत्र लेखेको थियो । तर, सभामुख घिमिरेले पदमुक्त गर्नुपर्ने आधार नरहेको भन्दै इन्कार गरेका थिए । यसबारे जनमतले विज्ञप्ति नै जारी गर्दै सभामुख घिमिरेको राजीनामा माग गरेको थियो । उक्त विषयप्रति आपत्ति जनाउँदै संघीय संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद सचिवालयबाट कुनैपनि जातजाति, वर्ण, रंग, लिङ्ग, समुदाय, भाषा, धर्म तथा शारीरिक अवस्था लगायतका कुनैपनि आधारमा विभेद नभएको र नहुने कुरा स्पष्ट पार्न चाहन्छौं।’ साथै, सभामुख घिमिरेले कानुन बमोजिम निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘सभामुखको निर्णयमा सबै विषयको व्यहोरा स्पष्ट समेत रहेको छ। साथसार्थ सचिवालय कानुनी राज्यमा हरेक कामकारवाहीहरू कानुन बमोजिम हुनुपर्दछ भन्ने विषयमा सदैव सजग रहेको स्पष्ट पार्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार