कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

सोमबार, मंसिर १७, २०८१

विराटनगर।  कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन् । कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार