कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

सोमबार, मंसिर १७, २०८१

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ । गत असोजमा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा पनि प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार