सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । कानुन पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन् । यसअघि आन्तरिक मामिलामन्त्री रहेका लीलावल्लभ अधिकारीलाई मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो । अन्य बिचौलियाहरू जेल चलान भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाएको थिएन ।