गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

सोमबार, मंसिर १७, २०८१

इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ । विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको विज्ञप्तिमा भनिएको छ । जसमा घाइतेको कुल संख्या १०५,१४२ पुगेको छ । इजरायली सेनाले शुक्रबार रातीदेखि शनिबारसम्म गाजा पट्टीका धेरै ठाउँमा आक्रमण गर्दा कम्तीमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको सीसीटीभीप्लसले उल्लेख गरेको छ । त्यस्तै प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले शनिबार दक्षिणी गाजाको खान युनिसमा भएको आक्रमणमा फूड परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका तीन कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा सामुदायिक भान्सा सञ्चालन गर्ने परोपकारी संस्थाले आक्रमणपछि गाजामा आफ्नो सञ्चालन रोकेको छ । यता, इजरायली हमलाका कारण संचारकर्मीहरुमा ठूलो असर पुगेको छ । उक्त द्वन्द्वमा मारिएका पत्रकार र मिडियाकर्मीहरूको कुल संख्या १९१ पुगेको छ।(सीसीटीभीप्ल)

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार