काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली 

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिका १६ मा विजयी र्‍याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पाटिको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी र्‍यालि निकालेका हुन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका थिए भने कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भएका तिए । यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका थिए । यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार