उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

सोमबार, मंसिर १७, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन । गृहमन्त्री लेखकले आईतवार स्थानीय तहका विभिन्न स्थानमा ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन । उनले भने, ‘३३ जिल्लामा ४१ पदका लागि भएको उप–निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । मतदान कार्य शान्तीपूर्ण रुपमा सम्पन्न गर्न सहभागी सबै मतदाता, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचनमा संलग्न सुरक्षाकर्मी, निजामति कर्मचारी, संचार माध्यम र सबै दिदि, बहिनी दाजूभाईमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ मन्त्री लेखकले यसअघि निर्वाचन हुने जिल्लाका सुरक्षा अधिकारीहरुलाई उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार