कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् । नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए । २०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन् । कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् भने कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार