सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ । नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ । नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन् ।
कांग्रेसले जितेका ठाउँ
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट समसे आलम, राजपुर नगरपालिका-६ रौतहट इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१ राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४ अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१ भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर
एमालेबाट निर्वाचित
कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
माओवादी केन्द्रले जितेका ठाउँ
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा
जसपाबाट दुई
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टी
रोजिना श्रेष्ठ, काठमाडौं-१६
एकीकृत समाजवादी
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट
नेमकिपा
खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट
स्वतन्त्र
लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा