सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षसमेत गरेर ४१ स्थानमा आज भएको उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलनलगायतको काम भइरहेको जनाएको छ। मत पेटिका संकलनपछि मतगणनाको काम सुरु हुने आयोगले जनाएको छ।