उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता : कांग्रेस

आइतबार, मंसिर १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको जनाएको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेलले सन्देश जारी गर्दै निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा मतदान सम्पन्न  भएको बताए । 'उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको जानकारी गराएको छ,' जारी विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्ण, भयरहित, धाँधलीरहित र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सफल भएको बताउँदै कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार