सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि आज मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ । दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरूको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासों गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ । नासोंका बाढी पहिरो पीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए । फुगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फू गाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । मनाङका विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए । मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्णरूपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी पहिरोमा परेका पीडितको उद्दार गर्ने कार्य भइरहेको छ, कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकप्टरबाट खोजी कार्य भइरहेको छ,’’ प्रजिअ लामिछानेले भने । गृह मन्त्रालयको सहयोगमासेनाको एउटा हेलिकप्टर र पूर्व सांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा हेलिकप्टर उद्दारमा खटिएको छ । केही दिनको अबिरल वर्षापछि आएको बाढी पहिरोले गर्दा मनाङमा सडक, विद्युत् र सञ्चार पूर्णरूपमा अरुवद्ध भएको छ । यहाँका साना खोलानाला समेत वर्षासँगै बढेको भेलले सडकका धेरै ठाउँमा भत्किएको छ । बाढी पहिरोले गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरू बीच सम्पर्क हुन नसकेको प्रजिअ लामिछानेले जानकारी दिए । उनका .अनुसार जिल्लामा विभिन्न क्षेत्रमा खानेपानी, सडक, विद्युत् र सञ्चार हुन सकेको छैन ।
आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पु¥याएको छ । बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।