दार्चुलामा जीप दुर्घटनामा छ जनाको मृत्यु

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घट्नास्थलमै छ जनाको मुत्यु भएको हो ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार अन्य  ६ जना घाइते भएका छन् ।  उनले  मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि गोकुलेस्वर अस्पताल पठाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार