नेपाल गुणस्तर परिषद्को ११३औँ बैठक सम्पन्न, ३ वटा बस्तु र १७ वटा परिक्षण विधि स्वीकृत

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न भएको छ ।  बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।  हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको NS 80M2042= Hume Pipe   लाई परिमार्जन गरिएको नेपाल गुणस्तर NS 80M2081 पारित भएको हो । साथै  Laminated Woven Sack -block button valve_  र घरायासी प्रयोजनमा आउने  UPVC Pipe fitting  को नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।  यसैगरी गरगहना, पानी र माटो परिक्षणसंग सम्बन्धित ISO बाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप परिक्षण विधिका गुणस्तरहरु समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।
मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन्  । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई दिर्नेशन दिए । उनले निर्यात प्रर्वधन हुने अन्य सामग्रीहरुको अध्ययन गरि मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।  नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रुपमा मान्यता पाउने व्यवस्था छ । परिषदमा उपाध्यक्षको रुपमा उद्योग, वाणिज्य  तथा आपूर्ति सचिव (उद्योग)  उपाध्यक्ष र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ । साथै अन्य मन्त्रालयहरु, विश्वविद्यालयका प्रतिनिधिरु, विज्ञहरु र निजी क्षेत्रका प्रतिनिधीहरु समेत परिषदमा सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार