जुम्लाको टुङटुङ लेकको पहिरोमा चारजना बेपत्ता

बिहीबार, असार ३, २०७८

सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङटुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन । पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको  जिल्ला प्रहरी प्रमुख दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।
उनीहरू जडिबुटी खोज्न पाटन गएका बताइएको छ  । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने “ मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ  ।” 

झिमरुक नदीले निर्माणाधीन पक्की पुल भत्कयो
प्युठानको ऐरावती गाउँपालिका–ं१ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ । सात करोड १३ लाखका लागतमा माझीदमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्राली काठमाडौँले निर्माणको जिम्मा पाएको थियो । विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य  थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार दिनअघि सम्पन्न भएको जनाइएको छ ।
“लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ, उनले भने, “लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।”

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार