Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

गोटीखेलमा बाढीको वितण्डा 

आइतबार, असोज १३, २०८१

ललितपुर  । दक्षिण ललितपुरको  महाङ्काल गाउँपालिकको  केन्द्रमा बाढी र पहिरो ठूलो क्षति पुर्‍याएको छ ।  धामीखोला, टुगुन खोला, मसान खोला  पधेराखोला, जुरेखोला, हउँसीन  खोलामा आएको   बाढीले  वैर्तणी घाम, हिलसाइड  बोडिङ, कोप रिसोट र इलाका प्रहरी कार्यालय गोटीखेल र त्यस क्षेत्रका घर पसलमा   क्षति पुर्‍याएको छ भने  खोला नजिक  रहेका  घर खेतबारी  बाढी  र पहिरो  बगाएको  छ । दुईदिन देखि  परेको  अविरल   वर्षाले लेले–चन्दनपुर  सडक  पहिरोका कारण अवरुद्ध छ । पहिरोले सडकका धेरै क्षेत्रमा क्षति पुर्‍याएको छ ।  बाढी–पहिरोले चन्दनपुर, गोटीखेल  मानिखेल र बुखेलमा बढी क्षति पुगेको छ ।  ती क्षेत्रमा विद्युत तथा   टेलिफोन सेवा अवरुद्ध भएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेश केसीले शनिबार एउटा भिडियो सन्देश दिँदै गाउँपालिकामा बाढीले ठूलो क्षति पु¥यााएको जानकारी दिँदै विपद्मा परेका नागरिकहरूलाई सहयोग गर्न पालिकावासीमा आह्वान गरेका छन् । ‘दुख परेकालाई सहयोग गरिदिनुहोला । पालिका पुनर्वासका लागि आउने छ’ पालिका अध्यक्ष केसीले भिडियो सन्देशमा भनेका छन, ‘प्रदेश सरकार तथा संघीय सरकारबाट पनि सहयोगको अपेक्षा राखेका छौं ।’   स्थानीयको घर–गोठमा क्षति पुगेको तथा बारीमा पाकेका अन्न बालीमा क्षति पुगेको स्थानीय  हेमप्रसाद सापकोटाले  जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार