सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालको सपना पूरा गर्ने उद्देश्यले मन्त्रालयले नागरिक एप कार्यान्वयनमा ल्याउनाका साथै सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने योजना कार्यान्वयन गरिरहेको मन्त्रीसमक्ष जानकारी गराएका थिए । उनले पत्रकारका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, प्रेस पासलाई आधुनिकीकरण गर्ने र विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लैजानेलगायत मन्त्रालयका आगामी योजना सुनाएका थिए ।