सोसल मिडिया
Contact Us
युनिकोड
वालिङ । स्याङ्जामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ । सोमबार रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो । जिल्लामा कोभिड सङ्क्रमणको दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । बैठकले दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्रीहरु दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्रीहरु सञ्चालन गर्न पाउने भएका छन् । राजस्व सङ्कलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ भने एटिएम सेवा भने २४ सै घण्टा उपलब्ध गराउनुपर्ने छ । निषेधाज्ञाका समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवाहरु २४ सै घण्टा खुल्ने जनाइएको छ ।
धनुषाामा निषेधाज्ञामा सात दिन थप धनुषा जिल्लामा जारी निषेधाज्ञा ७ दिन थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार पछिल्ला दिनमा जिल्लामा समान्य सुधार देखिए पनि सङ्क्रमणको चुनौती कायमै रहेकाले सोमबार राति १२ बजेबाट निषेधाज्ञामा ७ दिन थप गरिएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन समितिबाट भएको निर्णय र सिफारिस बमोजिम आज राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।