ठेक्कापट्टामा दायाँबायाँ गुञ्जायस छैैन : प्रधानसेनापति

आइतबार, जेठ २३, २०७८

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना नियन्त्रणका लागि सम्पूर्ण तह र तप्काबाट सामूहिक भावना र पहल हुनुपर्नेमा जोड दिएका छन् । आवश्यकता अनुसार रणनीतिलाई पुनरावलोहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आज आयोजित पत्रकार भेटघाटमा उनले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको स्पष्ट पारे ।  प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पु¥याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए ।  सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको थापाले बताए । घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र अठोटको कसीबाट मूल्याङ्कन गरिंदा सन्तोष लिने धेरै ठाउँ रहेको उनले दाबी गरे ।  उनले भने, “सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान  कमाण्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्वपूर्ण एवं  दूरगामी कार्यक्रम अघि बढेको छ ।”  प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो । प्रधानसेनापतिमा २०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाउनभएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको विन्दु प्रारम्भ गरेको जानकारी पनि उनले दिएका छन् ।      सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने बताउँदै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको बताए। उनले भने, “सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट  हुनुपर्छ ।”–रासस
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार