सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाका स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । सो अवसरमा रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग प्रति आभार व्यक्त गरेकोसैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत् स्वास्थ्य सामग्री आज स्वदेश ल्याइएको सेनाले जनाएको छ ।