सोसल मिडिया
Contact Us
युनिकोड
किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स ९ग्रोसरी मात्र० बिहान ९ बजेसम्म खुला अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रुपमा श्रमिकलाई राखेर काम गर्न पाइने भिडभाड हुने गतिविधिमा रोक औषधि, तथा अत्यावश्यक उपभोग्य वस्तु खरिदका बाहिर निस्कन पाइने सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालनमा रोक एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन सामग्री ढुवानी राति ९ देखि बिहान ४ बजेसम्म मात्रै थोक तकारी बजारमा फुटकर विक्री गर्न नपाइने बैंक तथा वित्तिय संस्थाले २० प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने विदेश जाने यात्रुले हवाई टिकट, राहदानी, प्रवेशाज्ञा हुने पर्ने विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक घरमै गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक
काठमाडौं । केही खुकुलो पार्दै थपिएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा आज देखि लागू भएको छ । अहिले बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । उपत्यकामा गत वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रुपमा श्रमिकलाई राखी स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । यस अवधिमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा ) २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्याँस, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । यसैगरी खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । थोक तकारी बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ । वााणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खोल्न पाइने छ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै ती कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा दुईजना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउने छने । सूचना विभागको पास भएका पत्रकार बाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने छ । फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ ।