मुकुल ढकाल पदमुक्त पार्टीको विधान बमोजिम हो : मनिष झा

मंगलबार, असार २५, २०८१
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्य कायम राखेर महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय समितिको बैठकले निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका सह प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले भने, ‘केन्द्रीय समितिमा भएको छलफलका आधारमा महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकालबाट पार्टीको आचारसंहिताको दफा ४, १ को क, ख, च, प र फ एंव दफा ४, २ को क, ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेत उल्लंघन भएको ठहर तथा सो बाट पार्टीलाई पुगेको क्षतीलाई हेर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखेर निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो ।’ यसको साथै, उनले पार्टी विधान बमोजिम ढकालले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय पनि गरिएको बताए । उनले भने, ‘यसको साथै पार्टी विधानको ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने निर्णय गरियो ।’ रास्वपाको गत १९ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन विपरित अस्वभाविक र पार्टी हित विपरित अराजनीतिक व्यवहार प्रदर्शन गरेको सन्दर्भमा महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकाललाई गरिएको निलम्बन गरेको थियो । त्यसको साथै, केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरि केन्द्रीय समितिमा बुझाउन निर्देशन पनि दिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार