गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति तुरुन्त खारेज गर : प्रचण्ड

बुधबार, जेठ १९, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् । अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘कामचलाउ भइसकेको सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन खोजेको छ ।’  उनले यस्तो कार्य गरे तराईमा मरुभूमिकरण हुने बताएका छन् । उनले गिटी, बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्य राष्ट्र र जनता विरोधी हुने भन्दै तुरुन्त खारेज गर्न मागसमेत गरेका छन् । ‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्’ ट्वीटरमा उनले लेखेको छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २१:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार