सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई दुईवाट स्थानी प्रशासनले जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेका छन् । मकवानपुर तथा पर्सा जिल्ला प्रशासन कार्यालयले निषेधात्रा थप गर्ने निर्णय गरेका हुन् । मकवानपुर जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पु¥याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्ताैलाले जानकारी दिए । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । खोपे गल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णयमा केही लचकता अपनाइएको छ । बैठकले बैंक तथा मनि ट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ । यस्तै पर्सा जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमितको संख्या नियन्त्रण गर्न स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले पर्सामा जारी जेष्ठ २० गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई ३० गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा सबेको बैठकले कोरोना सङ्क्रमणको श्रृङ्खला तोडन र फैलिरहेको सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उचित उपचार तथा व्यवस्थापन गर्न १० दिनका लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको छ । बैठकले अत्यावश्यक काम नभए घरमै बस्न जिल्लावासीलाई अपिल गर्दै सरकारले निर्धाण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवामा प्रयोग हुने र जिल्ला प्रशासन कायालयले अनुमति दिएकाबाहेका दुई पाङ्ग्रेसहित सबै सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ ।