चौधरी समूहको बियर कारखानामा आगलागी

बुधबार, जेठ १९, २०७८

नवलपरासी

चौधरी समूह (सिजी ग्रुप) को नेपाल आइस बियर उद्योगको कारखानामा आज बिहान आगलागी भएको छ। अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल)ले आगो निभाउन प्रयास गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीले आगलागी कसरी शुरु भयो थाहा हुन नसकेको बताए। बियर कारखाना नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली२ दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा छ। आगलागी निभाउन चितवनको भरतपुरबाट गएको सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको जानकारी उनले दिए।

आगलागी भएको कारखानामा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन्। प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार