बाँकेमा एक हप्ता थपियो निषेधाज्ञा 

सोमबार, जेठ १७, २०७८

राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकहप्ता लम्ब्याइएको छ । यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्लामा गत वैशाख नौ गतेदेखि निषेधाज्ञा जारी छ । उनका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । कोरोनाबाट जिल्लामा दुई सय ९१ जनाको ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार