इन्टनेटको पहुँच तीव्र

सोमबार, जेठ १७, २०७८

काठमाडौँ । सरकारले जनताको सहज  पहुँचका निम्ति डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गरिने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्यध्येय भएको उल्लेख गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले भने, ‘समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौंँ ।’ सुशासन र पारदर्शिताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । सो कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल आठ जिल्लाका स्थानीय तहसँग ब्रोडब्याण्ड इन्टरनेट सेवा  विस्तार भइसकेको छ ।
इन्टरनेटका माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार शुरु गरिएको छ । सो कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

कोभिडपीडित पत्रकारलाई सम्बोधन
कोभिड–१९  प्रभावित पत्रकारको समस्यासमेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ ।
त्यसैगरी श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने सरकारले घोषणा गरेको छ । बीमाका हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।
नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गरिने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारका साझा व्यावसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापना गर्न माग गर्दै आएका थिए ।

प्रेस संग्रहालय बन्ने
नेपाली प्रेस र पत्रकारितासम्बन्धी विभिन्न कालखण्डमा भएको प्रविधिको विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ ।
सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ जसमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।
जनताको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचारप्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल  निर्माण गर्ने कुरा सरकारले शनिबारको बजेट भाषणमा समावेश गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार