जाजरकोटमा ओखर जोन लागू 

शनिबार, जेठ १५, २०७८

जाजरकोट । सरकारले जाजरकोटमा ओखर जोन लागुगर्ने भएको छ । आगामी आर्थिक वर्षबाट जाजरकोटमा सो कार्यक्रम लागुहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । योभन्दा अगाडी जाजरकोटमा सुन्तला, माहुरी जोन सञ्चालनमा आएका छन् । ओखर जोन लागु हुने भएपछि कृषक खुशी भएका छन् । 

क्वार्ज उत्खनन् हुने 

जाजरकोटको पश्चिम जुनिचाँदे गाउँपालिका र कुशे गाउँपालिकाको विभिन्न ठाउँँमा पाइने बहुमूल्य पत्थर क्वार्जको उत्खनन्का लागि बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले आज बजेट भाषणमार्फत सो जानकारी दिएका हुन् ।  
जाजरकोट डोल्पा सडक खण्डको स्तरउन्नतीका लागि ६१ करोड रकम विनियोजन गरिएको छ । भारत, नेपाल हुँदै छिमेकी मुलुक चीनसँग जोड्ने यो सडकको स्तरउन्नती गर्ने विषयले आफूहरू खुशी भएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताउनुभयो । त्यस्तै डोल्पाको सदमुकाम दुनैबाट धो हुँदै चीनको सिमानासँग सडक जोड्का लागि बजेट विनियोजन गरिएको छ ।

नलगाड, जगदुल्ला जलविद्युत् निर्माणका लागि बजेट

नलगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्लामा रहेको जगदुल्ला जलविद्युत् आयोजनाको लागि आवश्यक रकम विनियोजन गरिएको छ । नलगाडका लागि स्रोत व्यवस्थान गर्ने र जगदुल्ला स्वादेशी लगानीमा निर्माण हुँने भएकाले बजेट छुट्याइएको छ । 

मसिनेचौर विमानस्थल सञ्चालन गर्न बजेट

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मसिनेचौर विमानस्थलको स्तरउन्नती गरी विमान सेवा सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । पटक, पटक सञ्चालनमा आउँदै, बन्द हुँदै गरेको यो विमानस्थलमा बजेट व्यवस्था गरिएपछि स्थानीयवासी खुशी भएका छन् । योसँगै डोल्पामा दुई विमानस्थल सञ्चालनमा आउने छन् । त्यस्तै शे फोक्सुणडेलाई पर्यटकीय गनतव्य बनाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार