राष्ट्रपति भण्डारीद्वारा अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार 

नेपाललाई खोपको विशेष पहल गर्न आग्रह
शनिबार, जेठ १५, २०७८

वासिङ्टन । नेपाललाई कोभिड–१९ विरुद्धको खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडनलाई पत्राचार गरेकी छन् । राष्ट्रपतिको पत्र नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिङगालाई बुझाएका छन् ।

उक्त भेटमा राजदूत खतिवडाले मासिंगालाई नेपालमा भाइरस महामारीको अवस्था र खोप अभियानबारे अवगत गराएका थिए । जवाफमा अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन अमेरिकाले पहल गर्ने जानकारी दिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार