पाल्पा र दाङमा निषेधाज्ञा थपियो 

शनिबार, जेठ १५, २०७८

तानसेन ।  पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार  प्रशासनले  यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । 
प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै निषेधाज्ञा थप गरिएको जानकारी दिए ।  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न अर्थ मन्त्रालयबाट रु १ करोड ५० लाख निकासा भएकाले लुम्बिनी प्रदेश सरकारबाट आइसियू र भेन्टिलेटर खरिद गर्न  रु ३ करोड प्राप्त भएको जिल्ला समन्वय समितिका कार्यवहाक संयोजक मिरा मरासिनीले जानकारी दिए ।  आजसम्म  जिल्लामा ११ हजार ७७ जनाको कोरोना परीक्षण गरिएकामा तीन हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित छन् । दुई हजार २९ जना निको भएका छन् । अहिलेसम्म जिल्लामा ४५ जनाको क सङक्रमणकाबाट  ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दाङमा निषेधाज्ञा दश दिन थपियो
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि दाङमा गत वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा थप गरिएको छ ।   कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञा थप दश दिन  लम्ब्याउने निर्णय गरेको हो । सङ्क्रमण र मृत्यु दर घट्दै गएको र जनस्वास्थ्य सुरक्षा अझै पूर्णरुपले गर्नुपर्ने  पलना गराउने बैठकले निष्कर्ष निकालेको छ ।  बैठकले हप्तामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब दैनिक बिहान ६ देखि ८ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।  यसका लागि भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाउन पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिन भनिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार