सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले गए राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई कानुनी कारबाही गरिने मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।