सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कास्की र सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण रोकथामका लागि एक साता निषेधाज्ञा थप गरिएको छ । सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन् । प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ । यसैगरी सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्ब्याइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एक साता थप गरिएको हो । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ वजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो । जिल्लामा सङ्क्रमितको सङ्ख्या हालसम्म दुई हजार दुईसय ४२ पुगेको र सक्रिय सङ्क्रमित एकहजार आठसय ८५ पुगेको छ भने मृतकको सङ्ख्या १८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।