खोप राजनीतिमा नेपाली नेता 

राष्ट्रपतिले आग्रह गरेको भोलिपल्ट उपप्रधानमन्त्री पोखेरले पनि मागे चीनसँग खोप सहायता 
बिहीबार, जेठ १३, २०७८

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले चिनियाँ पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् ।  नेकपा (एमाले)का महासचिव समेत रहेका उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरूप उपलब्ध गराइसकेको छ । 
‘नेपालीहरूको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भनेका थिए, ‘दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार