कोरोनाबाट एकाघरका तीन जनाको मृत्यु

बिहीबार, जेठ १३, २०७८

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो । एक साताको अन्तरालमा ६९ वर्षीय पुरुष, उनका ५९ वर्षीया श्रीमती र  ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । उनका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो ।  सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो । घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले जानकारी दिए । 

कोरोनाबाट एकाघरका तीनको मृत्यु
मोरङमा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो  । मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना छन् ।–रासस

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार