शिक्षक र प्रधानध्यापकबीचको विवादले विद्यालयको पठनपाठनमा असर

बुधबार, वैशाख ५, २०८१

महोत्तरी । बल्वा नगरपालिकाको एक विद्यालयमा प्रधानध्यापक र शिक्षकबीचको विवादले पठनपाठनमा असर परेको छ । वडा नं. ६ स्थित योगकुमार माध्यामिक विद्यालयका प्रधानध्यापक निरिपेन्द्र कर्ण र केही शिक्षकबीचको आन्तरिक कलहले पठनपाठनमा गम्भीर असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । सोही विद्यालयमा अध्यापन गराउने शिक्षक सोभालाल यादवका अनुसार प्रधानध्यापक कर्ण शृंखलावद्ध अनियमिततामा सहभागी भएपछि शिक्षकहरुबीच दूरी वढेको हो । उक्त विद्यालयमा अहिलेसम्म व्यवस्थापन समिति बन्न सकेको छैन । व्यवस्थापन समिति नभएको मौका छोपेर प्रधानध्यापकले आफूखुसी विद्यालयको सम्पत्ति नै हिनामिना गरेको शिक्षकहरुको आरोप छ ।

विद्यार्थीहरुसँग टाई र परिचयपत्रका नाममा आफूखुसी पैसा उठाएर अपचलन गरेको आरोप आइरहेको बेला विद्यालयको गोदाममा राखेको काठहरु समेत लिलाम गरेर प्रधानध्यापक कर्णले भ्रष्टाचार गरेको शिक्षकहरुले आरोप लगाएका छन् । काठहरु बेचेको न्यून पैसा मात्र खातामा देखाएको  र लाखौँ रुपैयाँ अनियमितता गरेको अर्का शिक्षक जिवन श्रेष्ठले बताए । काठको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा शिक्षक सोभालाल आफैंले उजुरी हालेका थिए । याँहीबाट सुरु भएको विवाद अहिले विद्यार्थीहरुको पठनपाठनमा समेत देखिएको छ । तर प्रधानध्यापक कर्णले भने शिक्षकहरुले आरोप लगाएर जस्तो नभएको जिकिर गरेका छन् । सोभालाल यादव नियमित कक्षामा नआउने र विद्यालयको समयावधि पहिले नै निस्कने कारणले कारवाही गरेको हुँदा वदला लिने उदेश्यले अफवाह फैलाईरहेको उनको भनाई छ । तर शिक्षक यादवले एसईईको समयमा विद्यालयबाट विना कारण १८४ जना विद्यार्थीहरुसँग जनही ३ सयका दरले अवैधानिकरुपमा पैसा  उठाएको समेत आरोप लगाएका छन् । विल विना पैसा उठाएर उक्त पैसा लेखा शाखामा नबुझाएको कर्णमाथि आरोप लागेको छ । यो आरोप यसलाई स्थानीय अभिभावकले समेत ऐक्यबद्धता जनाएका छन् । अभिभावक  कुशेस्वर महतोले शिक्षक सोभालालले भनेको बिषयहरुमा सत्यता नै भएको दाबी गरेका छन् । 'हामीले कक्षा-१० को बिद्यार्थीहरुलाई ३ सय मागेपछि घरवाट पठाएका थियौ । त्यो कता खर्च भयो वा केको लागि लिएको थियो अझै खुल्न सकेको छैन', अभिभावक महतोले भने । 'यसको बिषयमा छानविन हुनुपर्छ अहिलेसम्म लेखा साखामा यो पैसा जम्मा भएको पाइएको छैन ।' काठ लिलाम गरेको झन्डै ५५ हजार मात्र खातामा देखाएको र १८४ जना विद्यार्थीहरुसँग ३ सयका दरले उठाएको पैसा लेखा साखामा दाखिला नभएको लेखापाल संजिव यादवले वताए । 'मैले पनि प्रधानध्यापक कर्णले पैसा उठाएको भन्ने थाहा पाएको हौ तर उक्त पैसाको बिषयमा लेखा साखा अनविज्ञ छ ।' लेखापाल यादवले भने । 'खै अव सम्बन्धित निकायले यस्को छानविन गर्ला नी सरहरू समबन्धित निकायसम्म पुग्नु भएको छ क्यार ।' यता नगर सिक्षा साखाका साखा अधिकृत रामविनय यादवले भने विद्यालयमा प्रधानद्यापक कर्ण भन्दा पनि शिक्षक दोषी भएको वताए । उन्ले विद्यालयको विषयमा पटक-पटक छलफल भएको तर शिक्षकहरुले मनोमानी गर्न नपाउदा प्रधानध्यापकमाथी रिस पोखिरहेको वताउदै शिक्षक सोभालाललाई सजायस्वरूप एक महिनाको १० हजार तलव समेत काटेको वताएका छन । शिक्षक सोभालाल विद्यालयमा महिनामा धेरै दिन उपस्थित नै नभएपछी सिक्षा साखा र प्रधानध्यापकविच भएको छलफलमा नै चेतावनीस्वरूप कारवाही गरेको प्रमुख यादवको भनाई छ ।  तर शिक्षक यादवले भने यसलाई अस्विकार गरेका छन् । संचित विदाको अभिलेख नै गायव वनाएर झुटो आरोप लगाएको उनको भनाई छ । यादवले अभिलेख देखाएर यसको पुष्टि गर्न चुनौती समेत दिएका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार