ब्राजिलमा मात्रै वार्षिक २० मिलियन टन खाद्य फोहोर, खाना खेर नफ्याँक्न आह्वान

शनिबार, वैशाख १, २०८१

काठमाडौं । ब्राजिल जनसंख्याको हिसाबले विश्वमा छैटौं स्थानमा छ । त्यहाँ हरेक वर्ष लगभग २० मिलियन टन खाद्य फोहोर उत्पादन हुँदै आएको छ । तर करिब २ करोड ७० लाख जनता भने खाद्य असुरक्षाको चपेटामा छन् । खाद्य फोहोर पर्यावरण समेत असर पु¥याउने भएकाले सरोकारवालाहरुले खाना नफ्याँक्न आग्रह गरेका छन् ।  १९ वर्षको उमेरमा रेजिना चाइलीले उत्तरपूर्वी ब्राजिलमा रहेको आफ्नो घर छाडेर आफ्नो सपना पूरा गर्न रियो दि जेनेरियो गएकी थिइन् । उनको सपना थियो प्रसिद्ध शेफ बन्ने । चाइलीलाई सानैदेखि खाना खेर नफाल्न सिकाइएको थियो । त्यहाँ पुगेपछि पसलले खानेकुरा पनि सडकमा फालेको देखेर उनी दुःखी भइन् । यसले चालीलाई केही फरक गर्ने सोच आयो । उनले घरमा काम गर्ने, कामबाट बचेको खानेकुरा लिएर त्यसबाट केरा र अदुवाको रोटी र ब्रोकाउलीको डाँठबाट बनेको ‘किश’ जस्ता नयाँ परिकार बनाउन थालिन् । यो अनुभवले पछि उनलाई फाभेला अर्गानिका नामक कम्पनी स्थापना गर्न प्रेरित ग¥यो । यस संस्था मार्फत, आज हजारौं कम आय भएका व्यक्तिहरू, सडक बिक्रेताहरू र खाना पकाउनेहरूले खानाको बर्बादी रोक्न, भोकको सामना गर्ने र खाद्य फोहोरबाट हुने विनाशकारी वातावरणीय प्रभावहरूलाई कसरी समाधान गर्ने भनेर सिकेका छन् । अहिले ४२ वर्षकी चैली भन्छिन्, ‘खानालाई पटक्कै फाल्ने हुदैन ।’ जसका कारण हामीले हाम्रो पृथ्वीलाई हानि पु¥याइरहेका छौं । हामीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । ‘हामी जलवायु संकटबाट गुज्रिरहेका छौं ।’
‘यहाँ, मानिसहरूलाई सिकाइएको छ कि कसरी स्वस्थ खाना र दिगो बानीहरूले हाम्रो स्वास्थ्य र ग्रह दुवैलाई फाइदा पुर्याउन सक्छ ।’ चाली ब्राजिलको एउटा अभियानको महत्वपूर्ण व्यक्ति हुन् । उनी खाद्यान्नको फोहोर रोक्नका लागि काम गर्दै आएकी छिन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनइपी) ले हालै सार्वजनिक गरेको सन् २०२४ को खाद्य असुरक्षा सूचकांक प्रतिवेदनअनुसार विश्वभर ७८ करोड ३० लाख मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । तर यसका बाबजुद पनि घरपरिवारले झण्डै एक अर्ब मानिसलाई खुवाउनको लागि दैनिक पर्याप्त खाना खेर फाल्छन् । विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको लगभग ८ देखि १० प्रतिशत खाद्य उत्पादन र खारेज गरिएको खानाले ओगट्ने गरेको छ ।
युएनइपीको जलवायु परिवर्तन न्यूनीकरण शाखाका प्रमुख रुथ जुग्म्यान डो काउटो भन्छिन्, ‘खाद्य असुरक्षा मात्र नभई जलवायु परिवर्तन, प्रकृति र जैविक विविधताको हानी, प्रदूषण र फोहोरको तीनवटा खतरालाई पनि सम्बोधन गर्न खाद्यान्नको फोहोर घटाउनु आवश्यक छ । ग्रह संकट लड्न आवश्यक छ ।’
‘सन् २०५० सम्ममा खाद्यान्नको ८० प्रतिशत सहरहरूमा खपत हुने अनुमान गरिएको छ, यसले स्थानीय सरकारहरूलाई खाद्यान्नको फोहोरमा कारबाही गर्न संलग्न गराउन महत्वपूर्ण बनाउँछ । हामीले खाद्य र पोषक तत्वहरूलाई पुनः वितरण, पुनः प्रयोग वा रिसाइकल गर्न सहरहरूको सघन सञ्जालहरू प्रयोग गर्न सक्छौं ।’
सन् २०१० मा ब्राजिलले ठोस फोहोरमा राष्ट्रिय नीति स्थापना ग¥यो, नगरपालिकाहरूलाई कम्पोस्टिङ प्रणालीहरू स्थापना गर्न बाध्य पारेको थियो । यद्यपि, कानूनले खाद्यान्नको बर्बादी रोक्नको लागि उपायहरू निर्दिष्ट गरेको छैन । युएनइपी गैर–सरकारी संस्थाहरू र शहरका नेताहरूसँगको सहकार्यमा, ब्राजिलमा खाद्य फोहोर घटाउने र कम्पोस्टिङसम्बन्धी नयाँ राष्ट्रिय नीतिको मस्यौदा तयार भइरहेको छ । सन् २०२५ को सुरुदेखि लागू हुने अनुमान गरिएको छ । नीतिले खाद्यान्नको बर्बादी रोक्न र कम्पोष्टिङ परियोजनाहरू कार्यान्वयन गर्न देशभरका मेयरहरू र अन्य सम्बन्धित सरोकारवालाहरूलाई दिशानिर्देशहरू प्रदान गर्नेछ । ब्राजिलले गोलाकार अर्थतन्त्रमा आफ्नो पहिलो राष्ट्रिय रणनीति पनि विकास गरिरहेको छ, जसले उत्पादन, वितरण र उपभोगको समयमा फोहोर कम गर्न खाद्य प्रणालीमा सुधार गर्नमा केन्द्रित हुनेछ । ब्राजिलका सहरी वातावरण र वातावरणीय गुणस्तरका राष्ट्रिय सचिव एडलबर्टो मालुफ भन्छन्, ‘यूएनईपीको सहयोगमा, हामीले केन्द्रीय सरकारले एकताबद्ध प्रयास मार्फत यस समस्याको बारेमा सबैलाई सचेत गराउन आवश्यक छ भनेर बुझ्न सक्षम भयौं । हामीले हाम्रो खानाको २२ प्रतिशत भन्दा बढी बर्बाद गर्दैछौं । त्यसैले, कडा कानुनविना हामी कहिल्यै भोक अन्त्य गर्ने लक्ष्यमा पुग्न सक्दैनौं ।’ ब्राजिल सरकारले खाद्यान्नको फोहोरमा आफ्नो दृष्टिकोण मात्र परिवर्तन गरिरहेको छैन, मालुफका अनुसार, यसले कृषि अनुसन्धान निगम (एम्ब्रापा) लगायत धेरै साझेदारहरूसँग साझेदारी गरिरहेको छ । एम्ब्रापा देशको कृषि मन्त्रालयसँग सम्बद्ध सार्वजनिक अनुसन्धान एजेन्सी हो । एम्ब्रापा विशेषज्ञ र युएनइपी खाद्य फोहोर सूचकांक प्रतिवेदन २०२४ का योगदानकर्ता गुस्ताभो पोर्पिनो भन्छन्, खाद्यान्नको फोहोर हटाउनुले दूरगामी फाइदा लिन सक्छ ।
उनले भने, ‘खाद्य प्रणालीको एजेन्डा आर्थिक रूपमा फाइदाजनक छ । यसले सामाजिक फाइदाहरू छन्, वातावरणीय फाइदाहरू छन्। यसले धेरै सकारात्मक प्रभाव पार्न सक्छ ।’ ब्राजिलले यस वर्ष जी २० शिखर सम्मेलन र अर्को वर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप ३० आयोजना गर्दैछ । पोर्पिनो भन्छन् ‘सरकारी प्रयासहरू सफल हुनका लागि सामुदायिक नेतृत्व महत्वपूर्ण छ । खाद्यान्नको फोहोर व्यवस्थापन गर्न ग्रासरुट अभियानहरूको उदाहरण उद्धृत गर्दै, उनले फाभेला अर्गानिकाको असाधारण कामको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार