राप्रपा चुनावका पक्षमा 

आइतबार, जेठ ९, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ । जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको  समाधान खोज्न सकिने जनाउँदै  राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ । राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न भने खडा भएको छ । महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन ।’ संविधान, विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड दिँदै पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । राप्रपाले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि  अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार