धौलीगङ्गा विद्युत् परियोजनाको ड्याम भरियो 

बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता रहन अपिल 
शुक्रबार, जेठ ७, २०७८

दार्चुला । वर्षाका कारण धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको कारण धौलीगङ्गा जलविद्युत परियोजनाको ड्याम भरिने खतरा बढेको  छ । नदीमा पानीको बहाव बढेपछि  परियोजनाको बाँधको ढोका जुनसुकै बेला खोलिने भएको छ । भारतीय विद्युत निर्माता एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशनले ड्याम जुनसुकै बेला पनि खोल्न सकिने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको थियो । सोही पत्रलाई अधार मान्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालेसूचना जारी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले निर्माण गरेको परियोजनास्थल भन्दा तल नेपालको व्यास गाउँपालिकाको धौलाकोट, दुहुँ, महाकाली, मालिकार्जुन र लेकम गाउँपालिकाका बस्तीहरू पर्छन् । सो क्षेत्रका नागरिकलाई महाकाली नदी किनारमा नजान प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना मार्फत आग्रह गरेका छन् ।  विसं ०७० सालको बाढीका बेला परियोजनाको ड्यामबाट आएको पानीले दार्चुलाको अधिकांश भूभाग बगाएको थियो । पछिल्लो समय नेपालले विरोध जनाए पछि भारतले धौलीगङ्गामा पानी बढ्ने बेला जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गर्ने गरेको  छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार