सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीवार अपराह्न सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ । मन्त्रालयका अनुसार देशभरि एन्टिजेन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । यसअघि बुधवार मन्त्रालयले ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको थियो। विगत २४ घण्टाको अवधिमा ६,५४३ जना सङ्क्रमणमुक्त भएका छन् ।