किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजाय जरुरी : सांसद प्रेम सुवाल

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । छिमेकी मुलुक चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्काउनेलाई सांसदले कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जो जसका कारणले मल भन्सारमा थन्किए पनि त्यसको मारमा आमकिसान परेको उल्लेख गरे । उनले मल रोकेर किसानलाई दुःख दिनेलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताए ।  सांसद सुवालले भने,‘किसानले समयमा मल नपाउँदा उत्पादन घट्यो । भारतीय उत्पादन महंगोमा किन्नुपर्दा नेपालको व्यापार घाटा बढ्यो । देश र जनता विरोधी यस्तो षडयन्त्रमा प्रधानमन्त्री, कृषिमन्त्री, कृषि सामग्री कम्पनीका अधिकारीहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न जरुरी छ ।’ 
भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकामा १ सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको ७ लाख ३५ हजार बोरा रासायनिक मल सुक्खा बन्दरगाह गोदाममै थन्किएको छ । मल उठाउनुपर्ने अन्तिम मिति नाघेको ८ महिना भएपनि हालसम्म भन्सार कार्यालयमै मल थन्किएको छ ।  भन्सार नियमावलीअनुसार भन्सारमा आइपुगेको ६० दिनसम्म पनि सामग्री नलगेमा प्रक्रिया पु¥याएर जफत गर्न सक्ने व्यवस्था छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार