'इमेल प्रकरण’पछि एनआरएनएमा भाँडभैलो, दुवै समूह रक्षात्मक 

सोमबार, माघ २२, २०८०

काठमाडौं । गैर आवासीय नेपाली संघ९एनआरएनए०को मुख्यालय वालुवाटारमा कार्यरत सहायक निर्देशक बन्दना शर्माको ‘इमेल प्रकरण’पछि पदाधिकारीहरु आरोपप्रत्यारोपमा उत्रिएका छन् ।
शर्माले प्रमुख कार्यकारी निर्देशक९सिइओ० राजेन्द्र कुमार राउतमाथि गम्भीर आरोप लगाउँदै एनआरएनएका सम्पूर्ण पदाधिकारीहरुलाई लामो पत्र इमेलमार्फत प्रेसित गरेपछि विभाजित अवस्थामा रहेका पदाधिकारीहरुमा थप ध्रुवीकरण बढेको छ । 
सहायक निर्देशक शर्माले एनआरएनए भित्रको आर्थिक तथा पदीय दुरुपयोग भएको साथै ‘मंहगो रक्सीको विल कोषको रकमबाट भुक्तानी गर्न दबाब दिएको’ उल्लेख गरेकी छन् । उक्त इमेल प्रकरणपछि आरके शर्मा नेतृत्वको समूहले कोषको रकम हिनामिना भएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।
शर्मा समूहका प्रवक्ता नारायण सुवेदीले एक विज्ञप्ति जारी गर्दै  लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व गर्ने २० वर्षे भन्दा लामो इतिहास बनाइसकेको गरिमामय संस्थाको सचिवालय संचालनमा भएका गम्भीर, अवैधानिक र गैरकानुनी गतिविधिले सचिवालयका कार्यकारी प्रमुखलाई शंकाको घेरामा ल्याएको उल्लेख गरेका छन् ।
‘११ औं अधिवेशनको निर्वाचनमा गम्भीर अनियमितताहरु भएको सार्वजनिक भएपछि  निर्वाचन तथा  लेखा समेतको छानबिन गर्न नेपाल सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरीसकेको अवस्थालाई ध्यानमा नराखी सचिवालयले गर्दै आएको कार्यको हामी घोर भ्रत्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
इमेलमा उल्लेख गरिएजस्तै विभिन्न शिर्षकमा गरिएका आर्थिक अनियमितताले संघको सचिवालय संचालन कार्यविधि विपरीत व्यापक आर्थिक अपचलन भइरहेको, सहायक निर्देशक शर्माले उठाएका सबै विषयहरुको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समितिलाई प्रवक्ता सुवेदीले आग्रह गरेका छन् ।
उनले सचिवालयका सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न, कार्यविधि मातहतमा रहि कार्य सम्पादन गर्न र कुनै पनि किसिमको अनुचित दबाब वा धम्की दिइए त्यस्तो गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी दिन पनि कर्मचारीहरुलाई अनुरोध गरेका छन् । 

‘११ औं अधिवेशनको निर्बाचन प्रक्रिया त्रृटिपूर्ण भएपछि पनि आफूलाई आधिकारीक दावी गर्ने बद्री केसी समुहलाई परराष्ट्र मन्त्रलायले बैधानिकता नदिएको बर्तमान अवस्था र सोहि बिषय लगायतमा छानविन गर्न उच्च स्तरीय छानबिन समिति बनेर कार्य गरिरहको अवस्थामा संस्थाका सम्पतिहरु कुनैपनि समुहलाई दुरुपयोग गर्ने अधिकार छैन,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘तसर्थ बिश्वभरी रहेका गैरआवासीय नेपाली संघका पञ्जिकृति सदस्यहरुबाट उठाइएको पैसालाई दुरुपयोग गरी खर्च गरेको र नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई बिपक्षी बनाई हालीएको मुद्दामा र अन्य बिभिन्न क्रियाकलापमा प्रयोग गरीएका महङ्गा कानुनि अधिवक्ताहरुलाई समेत संघको कोषबाट भुक्तानी गरी संस्थाको सम्पत्तिको दुरुपयोग गरिएकोप्रति हाम्रो गम्भिर आपति रहेको छ ।’
तर सोही इमेल प्रकरणपछि बद्री केसी नेतृत्वको समूहले इमेलमा उल्लेख भएका आरोपहरु निराधार र कपोकल्पित भएको दाबी गरेको छ । सहायक निर्देशक शर्माले बर्तमान तरलताको फाइदा उठाउँदै सचिवालयको इमेल दुरुपयोग गरी पदीय दुरुपयोग गरी गोपनीयताको ख्याल नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ । शर्माले सार्वजनिक गरेको विषयहरु संस्थाको मर्यादा विपरित र कपोकल्पित भएको दाबी समेत गरेको छ ।
‘विश्वभर हुने विभिन्न राष्ट्रिय एवम अन्तर्राष्ट्रिय सभा सम्मेलनमा कक्टेल डिनरको आयोजना गर्ने प्रचलन अनुरुप संघले समेत स्थापना कालदेखि विश्व सम्मेलनमा डिनर आयोजना गरिंदै आएको, यस्ता डिनरमा संस्थाको पैसा खर्च नगरी कार्यक्रम प्रायोजकको खर्चमा आयोजना गरिएकाले शर्माले प्रेसित गर्नुभएको आरोपमा सत्यता छैन् ।
त्यस्तै भूकम्प पीडितलाई राहत वितरण गर्न जाजरकोट र रुकुम पश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रमक सन्देश दिएर संस्थाको शाख गिराएको, राहत वितरणमा पदाधिकारीहरुले आफ्नो व्यक्तिगत खर्च स्वयम आफैंले व्यहोर्नु भएको हो, केसी समूहका तर्फबाट प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
के थियो इमेलमा रु
शर्माको इमेलबाट केसी समूहले हालै चन्द्रागिरी हिल्स रिसर्टमा आफ्नो समूहको भेलामा गरिएको लाखौं खर्च सदर गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई दबाब दिइ रहेको खुलासा समेत गरेकी छिन् ।
‘सुरुवाती दिनहरूमा मसंग सल्लाह गर्ने, मलाई सचिवालयका कर्मचारी र अन्य सरोकारवालासंगको बैठकमा सहभागी गराउने जस्ता काम गर्नुभएको थियो तर चुनाव पछिका दिनहरू, प्रमुखतः गत अक्टोबरमा होटेल सोल्टी काठमाडौंको कार्यक्रममा बिशेष गरि मदिरामा भएको खर्च सम्बन्धमा, ट्याक्सीको बिलको बारेमा मैले उठान गरेका विषयहरू र रात्री भोजको मदिराको बिलमा हस्ताक्षर नगर्ने र आउँदा दिनमा कुनैपनि कार्यक्रममा मदिरा सम्बन्धितका बिलमा हस्ताक्षर नगर्ने निर्णय तपाईलाई सुनाए लगत्तै मैले गर्दै आएका कामबाट पनि अलग राख्नुभयो। सो रात्रि भोजको आयोजना गर्दा मदिराको खर्च समेत संस्थाको कोषबाट तिर्ने निर्णय सहि होइन भन्ने अडान राखी बिलमा हस्ताक्षर गर्न अस्विकार गरे पश्चात म प्रशासनिक प्रमुखलाई संलग्न नगरी प्रशासनका अन्य कर्मचारीसंग मात्रै सरसल्लाह गरी प्रशासनिक प्रमुखलाई केवल निर्णय सुनाउने काम गर्नथाल्नुभयो,’ शर्माले आफ्नो इमेलमा लेखेकी छन् ।
त्यस्तै, संस्थाको गाडी किन्ने विषय, गाडीको प्रयोजन र खर्चको विश्लेषणको प्रसंग साथै भूकम्प प्रभावित जाजरकोटमा राहत बाँड्न जाँदाको खर्चको विषयमा पनि आफ्नो असहमति रहेको उल्लेख गरेकी छिन् । राहत वितरण गर्न जाँदा भएको खर्च राहतका लागि उठेको रकमबाट खर्च गर्न नहुने सुझाव दिंदा प्रमुख कार्यकारी निर्देशक राउतले ‘तपाई प्रोबेसन पिरियडमा हुनुहुन्छ । अनि जे कुरामा पनि असहमति राख्दा तपाईलाई अप्ठ्यारो पर्न सक्छ । यसमा त मदिराको बिल छैन नि” भनेर दवाब दिएको उनले उल्लेख गरेकी छन् ।
‘मैले अध्यक्षज्यू र महासचिवज्यू समक्ष यो कुरा राख्ने कुरा गर्दा ‘यु आर भाइलेटिङ द चेन अफ कमान्ड’ भन्नुभयो। यो सुझाव मुख्यतः अहिलेको परिस्थितिमा संस्था र बोर्डको हितमै थियो। तपाईं अध्यक्षज्यू र पदाधिकारीज्यूहरूलाई सहि सुझाव दिने पदमा हुँदा पनि दिई राख्नु भएको छैन, त्यसमा पनि मलाई आपत्ति छ’ उनले लेखेकी छन्।
सहायक निर्देशकको पत्र पश्चात एनआरएनभित्र मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । शर्मा पक्षबाट निर्वाचित उपाध्यक्ष गंगाधर गौतमले संघलाई प्राविधिक रुपमा कव्जा गरेर व्यक्तिगत स्वार्थ पुरा गर्ने, संघलाई पुरै तहस नहस पारेर बिभाजित बनाई संघको चलअचल सम्पति दुरुपयोग गर्ने काम भएको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,‘विगतमा आईएलो प्रोजेक्ट, संघको सचिवालय हुदै भेरो सेटिंगबाट समेत नपुगेर संघमै महत्वपूर्ण योगदान दिनुहुने कर्मचारी माथि यो सम्मको निर्लज्ज व्यवहार गर्न र गराउन कुन नैतिकताले दिन्छ रु’
त्यस्तै केसी समूहका सचिब डा।ज्ञानेन्द्र रेग्मीले सहायक निर्देशक शर्माको इमेलमा उल्लेख भएको आरोपबारेमा शंकाको रुपमा हेरेको जनाएका छन् । शर्माले चन्द्रागिरी कार्यक्रमबारे असन्तुष्टी भएको भए आफूहरुलाई जानकारी गराउनुपर्ने रेग्मीले उल्लेख गरेका छन् । शर्माको इमेल नियतबस आएको हुनसक्ने डा।रेग्मीले आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान गरी कारवाही अघि बढाउन माग गरेका छन् ।

इमेल प्रेसित गर्ने शर्माले ‘नलेज ट्रान्सफर’ र ‘वेष्ट प्राक्टिस’ एनआरएनएबाट सिक्नुको साटो आफ्नो उत्साहमा ¥हास आउने त्रासले इमेल लेख्न बाध्य भएको उल्लेख गरेकी छिन् । 
विशेषगरी गत अक्टोबरमा होटल सोल्टीमा भएको कार्यक्रमपश्चात राउत र आफूबिचमा केहि सैद्धान्तिक र नीतिगत बिषयलाई लिएर बैचारिक असहमति हुँदै आइरहेको उल्लेख गरेकी छिन् । त्यसका अलावा योजना कार्यन्वयन नगरेको, पटक–पटकको सुझावलाई नजरअन्दाज र वेवास्ता गरेको बताएकी छिन् ।
गत असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंको होटल सोल्टीमा आयोजित संघको ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममा गम्भीर अनियमितता गरिएको प्रमाण भेटिएपछि विभाजित भएको एनआरएनएमा हाल कर्मचारीपनि विभाजित अवस्थामा पुगेका छन् ।
एनआरएनए हाल तीन समूहमा विभाजित बनिसकेको छ । बद्री केसी, आरके शर्मा र विनोद कुँवरले एनआरएनएकै लोगो प्रयोग गर्दै उस्तै प्रकृतिका अलग अलग गतिविधिहरु गरिरहेका छन् ।
छानविन समिति सक्रिय
एनआरएनए आईसीसी को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि सरकारले गठन गरेको छानविन समितिले काम अघि बढाएको जनाएको छ । घट्नाबारे प्रारम्भिक अध्ययन शुरु गरिएको समितिका एक सदस्यले बताए । 
हालै मन्त्रीपरिषदको बैठकले एनआरएनए आइसीसीको निर्वाचन सम्बन्धि उजुरीमाथि छानविन गर्न सहन्यायाधिवक्ता धु्रवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी उपरीक्षक र परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव एक जना रहने गरी छानविन समिति गठन गरेको थियो । 


 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार